मनकामना केबलकार आज देखि पुन नियमित सञ्चालन

मनकामना केबलकार आज देखि पुन  नियमित  सञ्चालन

कुरिनटार : नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिन सेवा बन्द गरेका थिए ।
मर्मत सम्भारपछि आज मङ्गलबार देखी पुनः नियमित सञ्चालनमा आएको नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । ।
गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबलकार स्तरोन्नतिको तयारीमा रहेको छ ।