प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीका केहि स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

प्रदेश १, मधेश प्रदेश, बागमती  र गण्डकीका  केहि स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ : मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ।

प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका भू– भागका केहि स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

राती प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।