इच्छाकामनाका राममाया गुरुङको उपचारका लागि तेजमान गुरुङ एक्लैले गरे २लाख ७२ हजार रुपैयाँ आर्थिक सहयोग

इच्छाकामनाका राममाया गुरुङको उपचारका लागि तेजमान गुरुङ एक्लैले गरे २लाख ७२ हजार रुपैयाँ आर्थिक सहयोग
चितवन,१७ चैत । इच्छाकामना गाउँपालिका २ बाँसपुरका राम माया गुरुङको उपचारका लागि तेजमान गुरुङ एक्लैले रु २ लाख ७५ हजार नगद सहयोग गर्नुभएको छ। चितवन रामपुर घर भइ हाल लण्डनमा रहनुभएका तेजमान गुरुङले हाल लण्डनबाट पटक पटक गरि उक्त सहयोग रकम पठाउनुभएको हो । हड्डीको टिबीका कारण कम्मरदेखि तल्लो भाग नचलेका गुरुङको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन । विगत दुई बर्षदेखी हड्डीको टिबीका कारण थला पर्नुभएकी राम माया गुरुङको समाजसेवी इच्छाकामना ३ सिस्नेरी चौताराका तिर्सना गुरुङको पहलमा उपचार भइरहेको छ । उहाँको नेतृत्वमा उपचारका लागि सहयोग जुटीरहेको छ ।
पुरानो मेडिकल कलेज चितवनमा अपरेशन पछि चिकित्सकको सल्लाह अनुसार थेरापी सेन्टरमा उपचारका लागि भर्ना गरिएपनि आर्थिक अभाव भएपछि घर फिर्ता गरिएको थियो ।
हड्डीको टिबीका कारण शरिरको कम्मरदेखि तलको भाग चल्न छाडेको एक बर्ष भइसेको छ ।आर्थिक अवस्था निकै कमजोर भएका कारण बिरामीका परिवारले उपचार गर्न सक्ने अवस्था नरहेको वडा सदस्य समेत रहेका स्थानीय बुद्धिमान गुरुङले बताउनुभयो ।
उहाँको उपचारका लागि सहयोग गर्न चाहनेहरुले ९८६५०८०३५४ मा सम्पर्क गर्न सक्नुहुने छ ।
