करार कर्मचारी मञ्च गण्डकीको अध्यक्षमा रिम्क गुरुङ

करार कर्मचारी मञ्च गण्डकीको अध्यक्षमा रिम्क गुरुङ

भूम्लिचोक : गोरखाको गण्डकी गाउँपालिकाका करार कर्मचारीहरु संगठित भएका छन् । आज करार कर्मचारीहरुको प्रथम भेलाले करार कर्मचारी मञ्च गठन गरेका हुन् । उक्त भेलाले रिम्क गुरुङको नेतृत्वमा तदर्थ समिति गठन गरिएको छ । भेलाले अध्यक्षमा रिम्क गुरुङ, उपाध्यक्षमा रुपा श्रेष्ठ, सचिवमा डा. हरि पन्त, सह–सचिवमा अनिल थापामागर, डिल बहादुर थापा मगर र कोषाध्यक्षमा सरिता श्रेष्ठलाई चयन गरिएको छ ।
भेलाले चार सदस्यीय सल्लाहकार समति पनि गठन गरिएको छ ।
तूलसी घिमिरे,मनिषा गुरुङ,कृष्णप्रसाद भट्टराई र प्रकाश श्रेष्ठ रहेका छन् ।