इच्छाकामनामा एक घर एक धारा अभियान : मेट्राङका ५८ घरधुरीमा धारा

इच्छाकामनामा एक  घर एक धारा अभियान :   मेट्राङका  ५८ घरधुरीमा  धारा

चितवन, २० चैत । एक घर एक धारा अभियान अन्तरगत चितवनको इच्छाकामना १ मेट्राङका ५८ घरधुरीमा खानेपानी धारा निर्माण सम्पन्न भएको छ । आज गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबिच खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो
कार्यक्रममा बोल्दै अध्यक्ष गीता कुमारी गुरुङले आफुले निर्वाचनमा गरेको वाचा पुरा गरेको बताउनुभयो । आफु निर्वाचनका बेला भोट माग्न आउदाँ खाना खाएर रुखको पातले हात पुछेको स्मरण गर्दै उहाँले आज घरघरमा पानी पु¥याउन सफल भएको बताउनुभयो ।

उहाँले गाउँपालिकाले एक घर एक धारा अभियानका लागि विभिन्न संघसस्थाहरुसंग समेत सहकार्य गरेको बताउनुभयो । सोही योजना अनुरुप आज वाइन टु वाटरसंगको सहकार्यमा ५८ घरधुरीमा खानेपानी धरा लिफ्टिङ मार्फत पु¥याउन सफल भएको बताउनुभयो । साथै अध्यक्ष गुरुङले सबै वडाका बस्तीहरुमा सडक पुगेको धेरै जसो घरघरमा खानेपानी प्रत्येक वडामा स्वास्थ्य सेवा पु¥याइएको बताउनुभयो ।

वाइन टु वाटरका प्रमुख कार्यकारी अधिकृत प्रमोद चन्दनले आगामी दिनमा यहाँका चेपाङ समुदायको लागि वाइनटुवाटरले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।


वाइनटुवाटर नेपालका कार्यकारी अधिकृत रोशनी कार्की सापकोटाले छोटो समयमै खानेपानी आयोजना सम्पन्न भएको बताउनुभयो । घरघरमा पानी आइसकोले अब सरसफाईमा लाग्न आग्रह गर्नुभयो । सुन्दर गाउँ बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । धाराधारामा आएको पानीलाई सुद्धिकरण गरेर पिउन आग्रह गर्नुभयो ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष धन बहादुर चेपाङले यहाँका वासिन्दाहरुले घण्टौ लगाएर कुवाबाट पानी भर्नु पर्ने समस्या सामाधान भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले गाउँपालिका अध्इक्ष सहितका जनप्रतिनिधि र वाइन टु वाटरका प्रतिनिधिहरुलाई धन्यावाद दिनुभयो ।

वाइनटु वाटरका वास संयोजक यज्ञराज जोशीले ४६ लाखमा आयोजना समपन्न भएको बताउनुभयो । जस मध्ये १२ लाख गाउँपालिका र बाँकी वान टु वाटरको रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा उपाध्यक्ष कृतिमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ, वडाध्यक्ष नन्दलाल गिरि वडा सदस्य लगायतको उपस्थिति रहेका थिए ।