गोरखाको गण्डकीमा गठबन्धनको कमिटी गठन

गोरखाको  गण्डकीमा गठबन्धनको कमिटी  गठन

गोरखा, २१ चैत । गोरखाको गण्डकी गाउँपालिकामा रहेका गठबन्धनका दलहरुले जिल्लाको निर्णयलाई स्वागत गरेका छन् । आज बसेको गठबन्धनको बैठकले जिल्लाको निर्णय अनुसार अघि बढ्ने निर्णय गरेका हुन् । साथै गण्डकी गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका नेपाली कांग्रेस गाउँ कमिटीका सभापति होम बहादुर राना मगरको नेतृत्वमा गठबन्धन कमिटी गठन गरेका छन् । गठबन्धनको सदस्यहरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष सीताराम रसाइली (मुक्ति), जनता समाजवदीका अध्यक्ष यम दत्त दुवाडी, नेकपा एकिकृत समाजवादीका अध्यक्ष उत्तम जोशी रहेका छन् ।
बैठकले गठबन्धन दल भित्र रहेका नेता कार्यकर्ताहरुलाई एक अर्काबिच आरोप प्रत्यारोप नगरी सुमधुर सम्बन्ध कायम राख्न निर्देशन दिने निर्णय गरेका छन् ।