गठबन्धनका कारण माओवादीबाट टिकट नपाइनेभयले १५बर्षपछि एमालेमै फर्किए बेनिघाटरोराङका अध्यक्ष डल्लाकोटी।

गठबन्धनका कारण माओवादीबाट टिकट नपाइनेभयले १५बर्षपछि एमालेमै फर्किए बेनिघाटरोराङका अध्यक्ष डल्लाकोटी।

धादिङको बेनिघाटरोराङ गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी हरि बालकोटपुगि एमाले अध्यक्ष केपी शर्मा ओलिको हातबाट टीका लगाएर एमालेमा प्रवेश गरेका छन।
२०७४ सालको स्थानियतहको चुनावमा माओबादी केन्द्रबाट धादिङमा विजयी एकमात्र पालिका अध्यक्ष डल्लाकोटी दोश्रो स्थानियतहको चुनावको मुखमा एमाले प्रवेश गरेकाहुन।
यातायात संबद्ध संगठनबाट राजनीति सुरुगरेका एमाले पृष्ठभुमिका डल्लाकोटी सत्तारुढ दलहरु कांग्रेस माओबादी,एकिकृत समाजबादी लगायतले स्थानियतहको चुनावमा तालमेल गर्ने भएपछी चुनावमा टिकट नपाउने देखिएका कारण शक्तिहिन हुने भयले लगभग १५ बर्ष पछि एमालेमै फर्किएकाहुन।
माओबादी अध्यक्ष प्रचण्डले त्यसो नगर्न बालकोट जाँदै गर्दा डल्लाकोटिलाइ फोन गरेको भएपनी डल्लाकोटिले अब सङै बसेर माछा खान सकिने तर राजनैतिक बाटो फरक भएको स्पस्टिकरण दिदै फोन काटेका थिए। गत निर्वाचनमा माओबादी र कांग्रेसको गठबन्धन बाट अध्यक्षमा विजयी डल्लाकोटी आफ्नो कार्यकालमा कांग्रेस कार्यकर्तालाई चिडाएको कारण उनी सङ कांग्रेस कार्यकर्ता रुष्ट भएका कारण उनले टिकट नपाउने लगभग पक्का जस्तै थियो।