भरतपुर २५ मा जनज्योती मावीको नवनिर्मित भवन मेयर रेनु दाहाल द्वारा उद्घाटन ।

शुक्रनगर-भरतपुर महानगरपालिका वडा नं. २५ अमृतनगरमा रहेको जनज्योति प.ध.म.मा.वि.मा नवनिर्मित चारकोठे भवन उद्घाटन तथा खेल मैदान शिलान्यास कार्यक्रम सम्पन्न भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरि घिमिरेको अध्यक्षतामा सम्पन्न नवनिर्मित चारकोठे भवन उद्घाटन तथा खेल मैदान शिलान्यास कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल प्रमुख अतिथि रहनुभएको थियो । भने, भरतपुर महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष विजय कुमार भुजेल विशिष्ट अतिथि रहनुभएको थियो ।
सहायक प्रधानध्यापक रामहरि जमरकट्टेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णहरि जमरकट्टेल, प्रधानाध्यापक माधवराज गिरी, खेलकूल मैदान शिलान्यास कार्यक्रमका अध्यक्ष रमेश भुजेल र संयोजक सुमन सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
वि.सं. २०१८ सालमा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्म कम्प्युटर सहित शिक्षा र व्यवस्थापन (अँग्रेजी र नेपाली) दुबै माध्यमबाट अध्यापन हुँदै आईरहेको छ ।
