१५ बर्ष पछि एमालेमा फर्किएका बेनिघाट रोराङका अध्यक्ष पुन एक दिनमै माओवादीकेन्द्रमा फर्किए।

१५ बर्ष पछि एमालेमा फर्किएका बेनिघाट रोराङका अध्यक्ष  पुन एक दिनमै माओवादीकेन्द्रमा फर्किए।

हिजोमात्र एमाले अध्यक्ष ओलि निवास बालकोट पुगेर एमाले प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी `हरि´एकदिन पूरा नहुदै माओवादीमाकेन्द्रमै फर्किएका छन् ।
आत्मालोचना गर्दै अब यस्तो किषिमको व्यवहार नदोहोर्‍याउने बाचा सहित उनी माओबादीकेन्द्रमै फर्किएको प्रेस बिज्ञप्तिमार्फत जानकारी गराएका हुन। यस्तोछ डल्लाकोटीको विज्ञप्ति
मितिः-२०७८/१२/२२
प्रेस विज्ञप्ती
उपरोक्त सम्बन्धमा म पित्त बहादुर डल्लाकोटी (हरि)
हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)
को बागमती प्रदेश कमिटी सदस्य, बेनिघाट रोराङ्ग गाउपालीकाको इन्चार्ज र
२०७४ सालको स्थानिय निर्वाचनमा पार्टीको तर्फवाट गाउपालिका अध्यक्षमा
पार्टीको उम्मेदवार भएर विजयी भई क्रियाशील भइरहेको अवस्थामा म भित्र
क्षणिक आक्रोश र आवेगमा आई राजनैतिक रुपमा गम्भीर गल्ती कमजोरी
हुन गई समग्र पार्टी, बेनिघाट रोराङ्ग र धादिङ्गको पार्टी पंक्तिमा पर्न गएको
क्षतिप्रति गम्भीर रुपमा आत्माआलोचना गर्न चाहान्छु र आगामी दिनमा
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) मा रही पार्टीको निर्णय अनुसार
निरन्तर क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।
क्रान्तिकारी अभिवादन सहित
पित्त बहादुर डल्लाकोटी (हरि)