नेपाल निवृत्त शिक्षक समाज इच्छाकामनाको दोस्रो साधारण सभा सम्पन्न ।

नेपाल निवृत्त शिक्षक समाज इच्छाकामनाको दोस्रो साधारण सभा आज इच्छाकामना ३ नरसिंहटार स्थित निवृत्त शिक्षक ऋषिराम अधिकारीको निवासमा सम्पन्न भएको थियो ।
नेपाल निवृत्त शिक्षक समाज जिल्ला समिति चितवनका सचिव एकराज शर्माको प्रमुख आतिथ्यता,वयोवृद्ध पूर्व शिक्षक गोविन्दप्रसाद पौडेल ( माष्टर बा)को विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम नेपाल निवृत्त शिक्षक समाज इच्छाकामनाका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा भएको थियो । सो सभालाई सचिव विष्णुप्रसाद सापकोटाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा उपस्थित निवृत्त शिक्षकहरूमा मधुविलास अधिकारी,श्रीरेन्द्रप्रकाश पोखरेल,ॠषिराम अधिकारी,थानेश्वोर काप्री,कृष्णप्रसाद सिलवाल समेत सदस्य संख्याको ६६.६७% उपस्थिति रहेको थियो ।
निवृत्त शिक्षक समाज इच्छाकामनाको वार्षिक गतिविधि वारे सचिव विष्णुप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष बाट आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । जस अनुसार सापटी रु.१४००/- एकहजार चारसय समेत जम्मा आम्दानी १६२०५/- सोह्र हजार दुइद्सय पाँच र जम्मा खर्च रु.६१६०/- छ हजार एकसय साठी भएको र बाँकी रकम रु.१००४५/- दश हजार पैतालिस रुपियाँ मात्र सानाकिसान कृषि सहकारी कुरिनटारमा जम्माभएको जानकारी गराइएको थियो । कार्यक्रममा प्रमुख अतिथि एकराज शर्मा समेत सबै निवृत्त शिक्षकहरू बाट नजिकै आउँदै गरेको नयाँ वर्षको शुभकामना र सुझाव सहित मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रम सञ्चालनका लागि मञ्च वयवस्थापन, खाजा तथा मीठो आतिथ्य सत्कारका लागि ॠषी सर तथा उहाकी धर्मपत्नी अम्विका पोखरेल अधिकारीप्रति आभार व्यक्त गर्दै अध्यक्ष बाट दोश्रो साधारण सभा समापन भएको घोषणा गर्नुभएको थियो ।
