पार्टीले आवश्यक ठाने भरतपुरको मेयर बन्न तयार छु : दिनेश कोइराला

चितवन :
नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश कोइरालाले पार्टीले आवश्यकता महशुस गरे भरतपुर महानगरपालिकाको मेयर बन्न तयार रहेको बताएका छन । इच्छा खबरसंग कुराकानी गर्दै कोइरालाले यस्तो बताएका हुन । पार्टीले आधिकारिक उमेदवार बनाए शानदार ढंगले जित्ने युवा नेता समेत रहेका केन्द्रिय सदस्य कोइरालाको दाबी छ ।
यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा पार्टी केन्द्रले माओबादीलाई भरतपुर महानगर दिँदा सभापति शेर बहादुर देउवाले कोइरालाको उमेदवारी फिर्ता लिएका थिए । कोइराला पुनः उमेदवार हुँदा न्याय पनि हुने र पार्टी बाहिरका मतदाताले पनि मत हाल्ने काँग्रेसीहरुबिच नै चर्चा चल्न थालेको छ ।
‘भरतपुर महानगरपालिकाको मेयरका लागि दाइ नै उत्तम उमेदवार हो । जित पक्का छ ।’– कोइराला निकट एक जिल्ला नेताले भने । माओबादी केन्द्रले नै काँग्रेसलाई भरतपुरको मेयर प्रस्ताव गर्दा ५ दलीय गठवन्धन थप बलियो हुने कोइरालाको तर्क छ ।
कोइराला काँग्रेस केन्द्रिय समितिमा भरतपुरको मेयर माओबादीलाई दिन सकिन्न भनि प्रष्ट अडान राखेपछि थप चर्चामा समेत छन । काँग्रेस जिल्ला कार्य समिति चितवनले यसपालि भरतपुरको मेयर पार्टीले नै पाउनुपर्ने आधिकारिक निर्णय समेत गरिकेको छ ।
