आमा समुह दारेचोकको भवन समुद्घाटन कार्यक्रम सम्पन्न ।

आमा समुह दारेचोकको भवन  समुद्घाटन कार्यक्रम सम्पन्न ।

इच्छाकामना गाउँपालिका ३ कुरिनघाटमा आमा समूह दारेचोकको नव निर्मित भवनको गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङले समुद्घाटन गर्नुभएको छ। २०५१ सालमा स्थापना भएको आमा समूह दारेचोकले पछिल्लो क्रममा स्थानिय तहको आर्थिक सहयोग तथा आमा समुहको सदस्य हरुको सम्पुर्ण किसिमको सहयोगमा आमा समुह भवनको निर्माण भएको थियो। आमा समूह दारेचोकको अध्यक्ष बेलि श्रेष्ठको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङ, उपाध्यक्ष कृति कुमार श्रेष्ठ, वडा अध्यक्ष हरु गोवर्धन अधिकारी, बम बहादुर थापा, कावा अध्यक्ष मुक्ती प्रसाद सिलवाल तथा गाउँ पालिका प्रबक्ता साबित्री गुरुङ लगायतको उपस्थित रहेको थियो।