नेकपा माओवादी केन्द्रको तर्फबाट इच्छाकामना ६ मा याम बहादुर गुरुङको उम्मेद्वार रहने

चितवन : बैशाखा ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा माओवादी केन्द्र इच्छाकामनाले वडा तहमा उठ्ने उम्मेद्वारको छनौट गर्न सुरु गरेको छ। जस अनुरुप आज वडा नं ६ बाट उम्मेद्वार रहनेहरुको सर्वसम्मत छनोट गरेको छ।
वडा नं ६ मा माओवादी केन्द्रले याम बहादुर गुरुङलाई उम्मेद्वार बनाउन सिफरिस गरेको छ। इच्छाकामना ६ तल्लो ढुङ्ग्रे निवासी गुरुङ माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष समेत हुन्।
यस्तै महिला सदस्यमा बिमला घिमिरे, खुल्ला सदस्यमा सन्त बहादुर चेपाङ र दिल बहादुर घर्तीलाई उम्मेद्वार बनाउने भएको छ भने दलित महिला सदस्यमा भने केहि दिनमा टुङ्गो लगाउने माओवादी केन्द्र इच्छाकामनाले जानकारी दिएको छ।
