इच्छाकामना ४ स्याक्लाङमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना

कुरिनटार : इच्छाकामना गाउँपालिका ४ लामिडाँडा स्याक्लाङमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएकोच छ । तीन कोठे पक्की भवन निर्माण गरेर स्वास्थ्य सेवा दिन सुरु गरिएको हो ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबिच भवन उद्घाटन तथा स्वास्थ्य जाँच गरि सेवा सुभारम्भ गर्नुभएको हो ।
सो वडाको सराथोक, कुरिनभित्ता, लामीडाँडा, स्याक्लाङ, पातिघरी, बेलडाँडा लगायत माथिल्लो भेगका नागरिकलाई स्वास्थ उपचारका भवनको उद्घाटन गरी सेवा शुभारम्भ भएको कार्यक्रमकी प्रमुख अथिति गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो ।
कार्यवाहक वडाअध्यक्ष मुक्तिनाथ सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठ, जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्याल लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा जग्गा दातालाई सम्मान समेत गरिएको थियो ।
