इच्छाकामनामा केन्द्र, प्रदेश र जिल्लाको निर्णय अनुसार अघि बढ्ने कांग्रेस र माओवादी केन्द्रबिच सहमति

इच्छाकामनामा केन्द्र, प्रदेश र जिल्लाको निर्णय अनुसार अघि बढ्ने  कांग्रेस र माओवादी केन्द्रबिच  सहमति

कुरिनटार,२५ चैत । चितवनको इच्छाकामनामा अगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको तयारी स्वरुप गठबन्धनको बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबिचको संयुक्त बैठक आज सम्पन्न भएको हो ।
नेपाली कांग्रेसका सभापति कृतिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले स्थानिय निर्वाचन व्यवस्थित गर्नका लागि इच्छाकामना गाउँपालिकाको तथ्याङ्क माथिल्लो निकायमा सम्प्रेषण गर्ने निर्णय गरेको छ। उक्त कार्यका लागि कांग्रेसका तर्फबाट खुम प्रसाद पन्त र माअ‍ोवादी केन्द्रको तर्फबाट तुल बहादुर गुरुङलाई जिम्बेवारी दिएको माओवादी केन्द्रका प्रदेश सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो ।
यसैबिच बैठकले गठबन्धन दल सम्बद्ध कार्यकर्ताहरुलाई गठबन्धनको मुल मर्म, भावना अनुरुप अघि बढ्न अपिल गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अर्को बैठकको मिति गठबन्धनको समझदारीमा तय गरिने जनाएको छ ।