तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदको चौथों राष्ट्रिय महाधिवेशन चैत २८ र २९ गते चितवनमा हुने

तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदको चौथों राष्ट्रिय महाधिवेशन चैत २८ र २९ गते चितवनमा हुने

चितवन,२५ चैत । तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । चैत २८ र २९ गते दुई दिन चितवनको भरतपुर स्थित सिएमटी रिसोर्ट हाकिम चोकमा महाधिवेशन हुने भएको हो ।
परिषद्ले चितवनको भरतपुर ९ सरदपुर स्थित डल्फिन रिर्सोटमा आज शुक्रबार पत्रकार सम्मेलन गरि महाधिवेशन बारे जानकारी दिएको हो ।
महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय अध्यक्ष रेशम गुरुङको संयोजकत्वमा २३१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।साथै चितवनका अध्यक्ष गणेशबहादुर गुरुङको संयोजकत्वमा १५१ सदस्यीय ब्यवस्थापन समिति गठन गरिएको छ । त्यस्तै महाधिवेशन सम्पन्न गर्न विभिन्न १७ वटा उपसमितिहरू गठन गरि काम भइरहेको छ ।महाधिवेशन तयारीको काम ९० प्रतिश सम्पन्न भएको परिषद्का अध्यक्ष रेशम गुरुङले बताउनुभयो ।
महाधिवेशनमा संगठन विस्तार भएका देशभरका ६५ जिल्लाबाट एक हजार प्रतिनिधिहरू सहभागी हुने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङबाट माहधिवेशनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको परिषद्ले जनाएको छ ।

यस बर्षको मुल नारा “तमुवान स्वयत्तता, हाम्रो साझा प्रतिबद्धता !!” भन्ने रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । २८ सदस्यीय सचिवालय र ७७ सदस्यीय संघि समिति गठन गर्दै महाधिवेशन सम्पन्न हुने परिषद्ले जनाएको छ ।
गुरुङ जातीको भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्नका साथै आफ्नो समुदायको हक, हित र अधिकारका लागि गठन गरिएको तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् विशुद्ध जातीय संगठन हो ।