माओवादी केन्द्रबाट इच्छाकामना ३ को वडाध्यक्षको उम्मेद्वारका लागि वर्तमान वडाध्यक्ष सहित १२ जनाको दाबी

माओवादी केन्द्रबाट  इच्छाकामना  ३ को  वडाध्यक्षको उम्मेद्वारका  लागि  वर्तमान वडाध्यक्ष सहित  १२  जनाको दाबी

फिस्लिङ, २७ चैत । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चितवनको इच्छाकामना ३ को वडाध्यक्षको उम्मेद्वारका लागि माओवादी केन्द्रबाट १२ जनाले दाबी गरेका छन् । आइतबार बसेको बैठकमा वर्तमान वडाध्यक्ष गोवर्धन अधिकारी सहित १२ जनाले दाबी गरेका हुन् ।
आंकक्षीहरुमा शिवप्रसाद पौडेल, गोवर्धन अधिकारी,प्रकाश पोखरेल तूल बहादुर गुरुङ,शरद पोखरेल,प्रमोद पोखरेल,शुसिला चालिसे, भीष्मकुमार गुरुङ, कर्ण बहादुर चेपाङ,शिवराम पोखरेल, डम्मर कुमारी चेपाङ र राजकुमार गुरुङ रहेका छन् ।
गत स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रले जितेको एक मात्र यस वडामा धेरै आंकक्षी हुदाँ त्यस बेला पनि उम्मेद्वारी टुंगो लगाउन सकस परेको थियो ।
यसैबिच सदस्यहरुमा गोरे गुरुङ, मनकुमारी सुनार र डील बहादुर चेपाङले दाबी गरेका छन् ।
यस अघि माआवदी केन्द्रले ३ वटा वडाको सर्वसहमतीले वडाध्यक्षको उम्मेद्वार चयन गरिसकेका छन् । वडा नम्बर १ मा सन्त राना, २ मा प्रकाश बुढाथोकी र ६मा याम बहादुर गुरुङ रहेका छन् ।