भरतपुरको उप मेयरमा कल्पना पौडेलको दाबी

आसन्न स्थानीय तहको निर्बाचनमा भरतपुर महानगर को उप मेयर मा नेपाली काङ्ग्रेस कि नेत्री कल्पना पौडेलले आफ्नो दाबी प्रतुत गरेकी छन । स्थानीय तहमा नेपाली काङ्ग्रेस ले ने.क.पा माओवादी ,समाजबादी र अन्य पाटी सग गठबन्धन गरि गठबन्दनको साझा उमेदवार उठाउन सक्ने अनुमान चलिरहेको बेला पौडेल ले आफ्नो उप मेयर को दाबी प्रतुत गरेकी छन । स्थानीय निर्वाचनमा गठबन्धन भयतापनि यस पटक नेपाली काङ्ग्रेस ले मेयर पद छाड्न नसकिने दाबी स्थानीय नेपाली काङ्ग्रेस नेता हरुको भनाइ छ। यदि गठबन्धन हुन सकेन भने मेयर उपमेयर लगायतका पदहरु मा आ-आफ्नो दलका उमेदवार प्रतुत गर्ने छन। गठबन्धन को टुंगो लागि नसकेको अहिले को अबस्थामा पनि मेरो दाबी उम मेयरमा नै हो र हामी नेपाली काङ्ग्रेस एक्लै लडने अबस्थामा पनि मेरो दाबी उप मेयर मा नै हो । नेतृ पौडेलले इच्छा खबर लाई बताईन ।
नेपाल विद्यार्थी संघ को पृष्ठभुमि बाट नेपाली काङ्ग्रेसको राजनीतिमा प्रवेश गरेकी कल्पना पौडेल यस अघि नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य थिइन । विद्यार्थी जिबनमा ने.बि सघ को स्कुल, क्याम्पस तहमा इकाई सभापति हुदै जिल्ला सभापति बनेकी पौडेल चितवन जिल्लाबाट पहिलो ने बि सघ को निर्बचित सदस्य हुन। आफू उप मेयर भयका खण्डमा स्थानीय सरकारलाई थप शक्तिशाली बनाउने र अहिले बन्न नसकेका स्थानीय कानुन हरु निर्माण गर्नमा आफू केन्द्रित हुने उनको दाबी छ। हामी स्थानीय तहलाई थप प्रभावशाली बनाउन का लागि नागरिकको प्रत्यक्ष सहभागिता मा विभिन्न कानुन हरु तयार गर्नु छ र स्थानीय तहको बजेट तथा नितिलाइ जनमुखी बनाउन छ पौडेलले बताईन् । आफू उप मेयर भयको खण्डमा स्थानीय सरकारको अनुभुति हुनेगरी जन उतरदायी सरकार बनाउने पौडेलको दाबी छ।
