तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को अध्यक्षमा चितवनका कर्णबहादुर गुरुङ

तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को अध्यक्षमा चितवनका कर्णबहादुर गुरुङ

चितवन : तमु ह्युल छाेंज धी गुरुङ राष्ट्रिय परिषद्को अध्यक्षमा कर्णबहादुर गुरुङ चयन हुनुभएको छ । चितवनमा मङ्गलबार सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट चितवनका गुरुङ केन्द्रीय अध्यक्ष बन्नुभएको हो ।
महाधिवेशनले ७८ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । बरिष्ठ उपाध्यक्षमा काठमाण्डाँैका आरवि गुरुङ,उपाध्यक्षहरुमा स्याङजाका यमबहादुर गुरुङ, ओखलढुङ्गाका टेकबहादुर गुरुङ, गोर्खाका नरबहादुर गुरुङ, तनहुँका धनमान गुरुङ, लमजुङका मेनबहादुर घले, खोटाङका लक्ष्मण गुरुङ, महिला उपाध्यक्षमा गोरखाका भगवती गुरुङ चयन हुनुभएको छ । महासचिवमा सुनसरीका डम्बरबहादुर गुरुङ, सह–महासचिवमा कास्कीका मनोज गुरुङ, उप–महासचिवहरुमा गोरखका राजु गुरुङ र दिल गुरुङ, सचिवहरुमा चितवनका सन्तलाल गुरुङ, धादिङका गोपाल गुरुङ, प्युठानका जिएस गुरुङ, महिला सचिवमा काठमाण्डौका देवकुमारी गुरुङ , कोषाध्यक्षमा स्याङजाका सिरीसाद गुरुङ र सह–कोषाध्यक्षमा ललितपुरका गंगाबहादुर गुरुङ चयन हुनुभएको छ ।
यस्तै प्रदेश प्रमुखहरुमा प्रदेश नम्बर १ मा केशरमान गुरुङ ,मधेस प्रदेशमा एकबहादुर गुरुङ , बागमती प्रदेशमा गणेशबहादुर गुरुङ,गण्डकी प्रदेशमा दलबहादुर गुरुङ ,लुम्बिनी प्रदेशमा झपटबहादुर गुरुङ ,कर्णाली प्रदेशमा नन्दबहादुर गुरुङ, सुदुरपश्चिम प्रदेशमा मनबहादुर गुरुङ ,चयन हुनुभएको छ । काठमाण्डौ उपत्याका प्रमुखमा लोकबहादुर गुरुङ चयन हुनुभएको छ ।
साथै महाधिवेशनले तमू बौद्ध सेवा समिति विशेष संगठनबाट सदस्यमा टिकाराम तमू, अनुशासन समिति संयोजकमा केवलमान गुरुङ र लेखा समिति संयोजकमा खेमजङ गुरुङलाई चयन गरिएको छ ।
महाधिवशेनको गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार समुद्घाटन गर्नुभएको थियो ।