इच्छाकामनाको चुमखोलामा रिभर फन क्याफे सञ्चालन, त्रिशूली नदीको अवलोकन गर्दै परिकारहरुको स्वाद लिन पाइने

इच्छाकामनाको चुमखोलामा रिभर फन क्याफे सञ्चालन, त्रिशूली नदीको अवलोकन गर्दै परिकारहरुको स्वाद लिन पाइने

चितवन : संघिय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने मुख्य राजमार्गमा पर्यटकहरुका लागि रिभर फन क्याफे सञ्चालनमा ल्याएको छ ।चितवनको इच्छाकामना ३ चुमखोलामा क्याफे सञ्चालनमा ल्याइएको हो ।

काठमाडौँ पोखरा नारायणगढबाट सेन्टरमा पर्ने हाइवेको यात्रामा रहेका यात्रुहरुलाई लक्षित गरि विदेशी तथा स्वदेशी खानाका पारखीहरुलाई मध्यनजर गर्दै क्याफे सञ्चालनमा ल्याएको म्यानेजिङ डाइरेक्टर शंकर अधिकारीले बताउनुभयो ।
अधिकारीका अनुसार यस क्याफेमा नेपाली, चाइनिज, इटालियन,इण्डियन थाई खानाहरु पाइने छ । उहाँका अनुसार नेपाली, चाइनिज, इटालियन,इण्डियन थाई खानाहरु एकै ठाउँमा पाइने रिभर फन क्याफे हाइवेकै एक मात्र हो ।

यहाँ खानाका साथै अर्गानिक कफी जुस पनि पाइन्छ । पार्किङको राम्रो व्यवस्था रहेको छ ।रिभरफन जीपलाइन रहेको सुवधायुक्त भवनमा रहेको यस क्याफेमा त्रिशूली नदीको अवलोकन गर्दै आफ्नो रोजाइका परिकारहरुको स्वाद लिन सकिने छ ।