नेपाली कांग्रेस इच्छाकामना वडा ३ अध्यक्षको उम्मेद्बारमा प्रदेश सचिव कुम बहादुर गुरुङ सिफारिस

नेपाली कांग्रेस इच्छाकामना वडा ३ अध्यक्षको उम्मेद्बारमा प्रदेश सचिव कुम बहादुर गुरुङ सिफारिस

कुरिनटार- आगामी बैशाख ३० गते हुने स्थानिय तहको दोश्रो निर्वाचनको लागि नेपाली कांग्रेस इच्छाकामना वडा नम्बर ३ ले चितवन निर्वाचन क्षेत्र २ का नेपाली कांग्रेसका प्रदेश सचिव कुम बहादुर गुरुङलाई वडानम्बर ३ को अध्यक्ष उम्मेद्बारमा सिफारिस गरेको छ।

वडा नम्बर तिनका पार्टी सभापती राम बहादुर गुरुङको संयोजकत्वमा आज बसेको नेपाली कांग्रेस इच्छाकामना गाउँपालिका वडा नम्बर ३ कमिटी बैठकले गुरुङलाई आसन्न स्थानियतहको निर्वाचनको लागि वडाबाट प्रभावसाली उम्मेद्बार ठहर गर्दै कमिटी सदस्य बहुमतले उम्मेद्बारीको लागि सिफारिस गरेको हो।

गत स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्ष पदका उम्मेद्बार झिनोमतले पराजित भएका थिए।