पाथीभरा सिंहदेवी र बाल गौरी मन्दिर इच्छाकामना २ मायाटारमा विविध सांस्कृति कार्यक्रम सहित मेला लाग्ने

पाथीभरा सिंहदेवी र बाल गौरी मन्दिर इच्छाकामना २ मायाटारमा विविध सांस्कृति कार्यक्रम सहित मेला लाग्ने

इच्छाकामना : चितवनको इच्छाकामना २ मायाटार पन्थचुलिमा रहेको पाथीभरा सिंहदेवी र बाल गौरी मन्दिरको प्रांगणमा यस बर्ष पनि विविध सांस्कृति कार्यक्रम सहित मेला लाग्ने भएको छ ।चितवनको साविकको (काउले गाविस) वडा न ८ हाल इच्छाकामना गाउँपालिका वडा न. २ मायाटार स्थित पन्थचुली डाडाँमा रहेको मन्दिरमा विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि बैशाख २ र ३ गते विशेष पुजाआजा सहित विविध सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
मेला बैशाख २ गते साँझ देखि ३ गते सम्म दुई दिन लाग्ने मन्दिर संरक्षण समितिले जनाएको छ । ।
हरेको बर्ष चैते दशैँपछिको पूर्णीमा लाग्ने यस मेलामा चितवन, धादिङ, तनहुँ गोरखा लगायत जिल्लाबाट पुजाआजा गर्न र मेला हेर्न आउने गर्छन् । सन्तान नभएकाहरुले सन्तान मागेमा प्राप्ती हुने धार्मिक विश्वास रहेको छ ।

धार्मिक पर्यटकीय सम्भावना रहे पनि प्रचार प्रसार र भौगोलिक विकटताका कारण पछाडी परेको छ । पछिल्लो समय शक्तिखोर –फिस्लिङ ग्रामिण सडक निर्माण भएपछि सवारी साधनमा मन्दिर सम्म पुग्न सकिन्छ ।
धादिङको मौवाखोला, हुग्दिखोला र चितवनको कालिका नगरपालिका स्थित शक्तिखोरबाट चितवनको पुरानो सदरमुकाम एतिहासिक उपर्दाङगढी हुदैँ जान सकिन्छ । मेलाको लागि सम्पुर्ण तयारी पूरा भएको मन्दिर संरक्षण समितिका सचिव सुरेस गुरुङले जानकारी दिनुभयो ।