इच्छाकामना गाउँपालिका अध्यक्षको उम्मेद्वारका लागि कांग्रेसबाट बासुदेव सिलवालको दाबी पेस

इच्छाकामना गाउँपालिका  अध्यक्षको उम्मेद्वारका लागि  कांग्रेसबाट बासुदेव सिलवालको दाबी पेस

कुुरिनटार,१ बैशाख । आसन्न स्थानिय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट चितवनको इच्छाकामना गाउँपालिका अध्यक्षको उम्मेद्वारका लागि कुरिनटार निवासी बासुदेव सिलवालले दाबी पेस गर्नुभएको छ ।
बुधबारको बैठकमा उहाँले दाबी पेस गर्नुभएको हो ।
कांग्रेसका पुराना सैद्धान्तिक, वैचारिक र स्पष्ट वक्ताको रुपमा परिचित सिलवाल पुर्व महासमिति सदस्य तथा हाल क्षेत्रिय प्रतिनिधि हुनुहुन्छ । विभिन्न सामाजिक कार्यमा संलग्न सिलवाल सर्ब शान्ति माविका अध्यक्ष समेत हुनुहुन्छ ।