नेपाली काँग्रेसबाट इच्छाकामना गाउँपालिका अध्यक्षमा ४ र उपाध्यक्षमा ३ जनाको दाबी

नेपाली काँग्रेसबाट इच्छाकामना गाउँपालिका अध्यक्षमा ४ र उपाध्यक्षमा ३ जनाको दाबी

कुरिनटार : आसन्न्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट इच्छाकामना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष बन्न चाहने आकांक्षीहरुले आफ्नो दावी प्रस्तुत गरेको छ। पार्टीबाट उम्मेद्वार हुन चाहनेहरुलाई उम्मेद्वारी दिन गरिएको आह्वानमा बुधबार अध्यक्षमा ४ जना र उपाध्यक्षमा ३ जनाले दाबी प्रस्तुत गरेको हो।

अध्यक्षमा चितवनको एकमात्र स्थानीय तह जितेर नेपाली काँग्रेस साख जोगाएका हालको गाउँपालिका अध्यक्ष एवं पार्टी महासमिति सदस्य गीताकुमारी गुरुङ, गाउँपालिकाको हालको उपाध्यक्ष एवं पार्टीको गाउँकमिटि सभापति कृतिकुमार श्रेष्ठले अध्यक्षमा दावी प्रस्तुत गरेको छ।

त्यसैगरी पार्टीको पूर्वमहासमिति सदस्य एवं हाइवे हस्पिटलका अध्यक्ष राम बहादुर लामा र पार्टीकै पूर्वमहासमिति सदस्य बासुदेव सिलवालले समेत अध्यक्षमा दावी प्रस्तुत गरेको छ।

यस्तै उपाध्यक्षमा ३ जनाले दावी प्रस्तुत गरेको छ। उपाध्यक्षमा दावी प्रस्तुत गर्नेहरुमा गाउँ पार्टी उपसभापति दिपक खनाल, पार्टीको पूर्व जिल्ला कमिटि सदस्य एवं पूर्व गाउँकमिटि संयोजक विष्णु कुमार कुँवर र तरुण दलको क्षेत्रीय अध्यक्ष राजकुमार गुरुङ रहेका छन्।