चुम्लिङ्गटारमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जना घाइते

चुम्लिङ्गटारमा  मोटरसाइकल दुर्घटना हुदाँ  दुई  जना  घाइते

इच्छाकामना : पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुम्लिङ्गटारमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् । मुग्लिन तर्फबाट काठमाडौँ तर्फ जादैँ गरेको बागमती प्रदेश ०२–००७ / १९११ नम्बरको मोटरसाइकल आज साँझ अनियन्त्रित भइ पल्टिदाँ वाइक चालक पुरुष र पछाडी सवार महिला घाइते भएका हुन् । उनिहरुलाई स्थानियले उद्धार गरि गाउँपालिकाको एम्बुलेन्समा भरतपुर पठाइएको स्थानियले जनाएको छ । घाइतेहरुको परिचय खुलेको छैन ।