चितवनमा गठबन्धन दलहहरुद्वारा १० सदस्यीय नया कार्यदल गठन

चितवनमा  गठबन्धन दलहहरुद्वारा  १० सदस्यीय नया कार्यदल गठन

आशिष अधिकारी
भरतपुर : आसन्न स्थानीय तहको निर्वाचनका सम्बन्धमा जिल्ला स्थित गठबन्धनमा रहेका दलहरुको जिल्ला स्तरीय सयन्त्रको बैठकले १० सदस्यीय नया कार्यदल गठन गरेको छ । शुक्रबार नेपाली काङ्ग्रेस चितवनको पार्टी कार्यलय कमलनगरमा बसेको सयन्त्रको बैठकले हरेक दलबाट २/२ जना रहने गरि १० जनाको कार्यदल गठन गरिएको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न बैठकले आज गठन भएको कार्यदलले भोलि दिउँसो १२ बजे सम्म एउटा खाका बनाएर गठबन्धनका दलहरुका बिचमा प्रस्तुत गर्ने निर्णय भएको छ ।
बैठकमा नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल,नेकपा माओवादी केन्द्र चितवनका सयोजक रामचन्द्र अधिकारी,नेकपा एकीकृत समाजबादीका जिल्ला इन्चार्ज कृष्ण प्रसाद खनाल,जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष प्रेम भुजेल र रास्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डम्बर पुरीको उपस्थिति रहेको थियोे ।