उम्मेद्वारबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन बैठक बस्दै

उम्मेद्वारबारे  छलफल गर्न  कांग्रेस कार्यसम्पादन बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक अजा बस्दै छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको हो ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।