धादिङमा एस ई . ई. केन्द्राध्यक्षहरुको एक दिवसिय अभिमुखिकरण कार्यक्रम

धादिङमा एस ई . ई. केन्द्राध्यक्षहरुको एक दिवसिय अभिमुखिकरण कार्यक्रम

धादिङ : धादिङमा एस .ई . ई. केन्द्राध्यक्षहरुको एक दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको सभापतित्वमा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
आउदो शुक्रबारदेखि सञ्चालन हुने एस.ई.ई मा मुलुकभर ५ लाख १४ हजार ७ सय ६० परीक्षार्थीरु परीक्षामा सहभागी हुँदैछन् ।
धादिङमा मात्रै सामुदायिक र निजि स्कुलहरुमा नियमित , प्राबिधिक , खुला अपाङ्ग ,ग्रेडबृद्दि बिध्यार्थीहरु सहित संख्या ६ हजार २ सय २४ तथा परीक्षा केन्द्र २६ रहेको शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख यमबहादुर खड्काले जानकारी दिनुभयो ।
। एसपी राकेस सिह, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि , पेशागत सङघ, सङ्गठनहरुको उपस्थितिमा एस .ई . ई. २०७८ केन्द्राध्यक्षहरुको एक दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।