सिट बाँडफाँटका लागि सहमती जुटाउन पाँच दलिय गठबन्धनको बैठक आज पनि बस्ने

सिट बाँडफाँटका लागि सहमती जुटाउन पाँच दलिय गठबन्धनको बैठक आज पनि बस्ने

काठमाडौँ :  आज पनि पाँच दलिय गठबन्धनको बैठक बस्ने भएकोा छ । महानगर र उपमहानगरको भागबन्डालाई अन्तिम रुप दिन गठबन्धनको बैठक आज बिहान पुनः बस्ने भएको छ ।

मंगलबार रातिदेखि बिहान साढे २ बजेसम्म गठबन्धनका शीर्ष नेताहरु सहमतिका लागि छलफलमा जुटे पनि अन्तिम निष्कर्षमा पुग्न सकेनन् । सहमति हुन नसकेपछि बिहान ११ बजे पुनः जुट्ने गरी बैठक सकिएको थियो ।

बैठकमा सहभागी नेताहरुले बैठक निष्कर्ष नजिक पुगेको बताएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफल सकरात्मक रुपले अगाडि बढेको र निष्कर्ष नजिक पुगेको बताए ।

६ महानगरमध्ये कांग्रेसले ३ र बाँकी दलले एक–एक ओटा महानगर लिने गरी सैद्धान्तिक सहमति भएको छ । आजको बैठकले यसलाई अन्तिम रुप दिइने नेताहरुले बताएका छन् ।