निवृत्त शिक्षकहरूलाई सम्मान सहित २४ औँ सधारण सभा सम्पन्न ।

निवृत्त शिक्षकहरूलाई सम्मान सहित २४ औँ सधारण सभा सम्पन्न ।

नेपाल निवृत्त शिक्षक समाज चितवनको २४ औँ साधारण सभा भरतपुर स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ ।                                                                                                                                                          ने नि शि स चितवनका जिल्ला अध्यक्ष कमलिकान्त घिमिरेको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष ध्रुबराज शर्मा अर्यालको प्रमुख आतिथ्यता तथा केन्द्रीय प्रतिनिधि, जिल्ला सल्लाहकार समिति,जिल्ला शिक्षा समन्वय समितिको विशिष्ट आतिथतामा कार्यक्रम संचालन भएको थियो । कार्यक्रम सदस्य सचिव एकराज शर्माले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा आसन ग्रहण, राष्ट्रिय गायन, मौनधारण पश्चात उपाध्यक्ष – कासिनाथ अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि बाट कार्यक्रमको उद्घाटन पछि जिल्ला सचिव एकराज शर्मा बाट वार्षिक प्रतिवेदन पस्तुत गर्नुका साथै सबैमा वितरण गरिएको थियो । सो अवसरमा कोषाध्यक्ष हरिकृष्ण रिजाल बाट संस्थाको वार्षिक आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । निवृत्त शिक्षक चुडामणि ओलीले शार्दूलविक्रीडित छन्दमा मीठो शुभकामना कविता वाचन गर्नुभएको थियो भने जि शि समन्वय समितिका प्रमुख भूमिलाल कँडेल,माडी न पा अध्यक्ष शिवराज बराल, महेन्द्र पौडेल , रविकिरण निर्जीव, लकाश पौडेल, कार्यक्रममा नेपाल निवृत शिक्षक समाजका केन्द्रीय उपाध्यक्ष चुडामणी देवकोटा, केन्द्रीय सचिव अभिमन्यु गौतम, केन्द्रीय महिला सचिव अन्जु श्रेष्ठ समेत बाट शुभकामना मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा चितवन मकवानपुर नवलपरासी, सिन्धुली समेत बाट करिब दुई सय जना भन्दा बढी निवृत शिक्षकहरूको सहभगिता रहेको थियो । त्यस्तैगरि धुव्रराज इन्दिरादेबी अर्याल प्रतिष्ठानको तर्फबाट लक्ष्मी माविका पूर्व प्रधानाध्यापक गोकर्ण निवास त्रिपाठी र पूर्व निवृत शिक्षक रेशमलाल श्रेष्ठलाई सम्मान गरीएको थियो । त्यस्तै स्व. लीलानाथ रेग्मीको स्मृतिमा उहाँ कि धर्मपत्नी चण्डिका रेग्मीले स्थापना गर्नुभएको पुरस्कार बाट शिक्षण पेशामा दीर्घ सेवा पश्चात् सेवा निवृत्त रहि साहित्य साधनामा लाग्नुभएका नेपाल निवृत्त शिक्षक समाज इच्छाकामनाका अध्यक्ष कृष्णप्रसाद पोखरेल र वयोवृद्ध पूर्व प्र अ पूर्णबहादुर बस्नेतलाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्तमा प्रमुख अतिथि बाट आफ्नो मन्तव्यको क्रममा शिक्षकहरूलाई पनि निजामती कर्मचारी सरह हुनुपर्ने मा भएको विभेद अन्त्य गर्न आफू सदैव प्रयत्नशील रहेको धारणा राख्दै निवृत्त शिक्षकहरूले पनि अरु वृद्ध सरह सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने
७५वर्ष र ८५ वर्षमा थप हुने १०% पेन्सन रकम ७० र८० वर्षमा पाउनुपर्ने ।
व्यक्तिगत योग्यता र क्षमताको आधारमा निवृत्त शिक्षकहरूलाई राष्ट्रको शैक्षिक तथा सामाजिक कार्यमा जिम्मेवारी दिने व्यवस्था गरिनुपर्ने ।
स्थानिय अस्पताल बाट निवृत्त शिक्षकहरूलाई नि:शुल्क औषधोपचारको व्यवस्था गरिनुपर्ने ।
प्राबिधिक ग्रेड छुट भएका निवृत्त शिक्षकहरूलाई ग्रेडको व्यवस्था गरिनुपर्ने आदि मागहरू केन्द्रको तर्फबाट विशेष जोड गरिएको वारे मन्तव्यको क्रममा आफ्नो धारणा राख्नुभएको थियो ।नव वर्षको उपलक्षमा शुभकामना दिदै कार्यक्रमको सफलताको कामना गरिएको थियो । अन्तमा अध्यक्ष बाट मन्तव्य राख्दै शिक्षकको पीडा शिक्षकले नै बुझ्नुपर्छ भन्दै शिक्षक वर्गको दु:ख सुखमा सहभागी हुन निवृत्त शिक्षकहरूलाई अनुरोध गर्नुभयो । आगामी वर्ष मा वि तहका विद्यार्थी वर्गको बौद्धिक विकसका लागि मा वि स्तरीय वक्तृत्वकला प्रतियोगिता संचालन गर्ने जानकारी गराउनुभएको थियो । उहाँले आगामी वर्ष विद्यमान गोजी पात्रोको सट्टा क्यालेण्डर बनाएर वितरण गरिने बताउनुभएको थियो । अन्तमा उपस्थित सबैलाई नव वर्ष २०७९को उपलक्षमा शुभकामना दिदै यस वर्षको गोजी पात्रो लिएर जान अनुरोध गर्दै सभा विसर्जन भएको घोषणा गर्नुभाएको थियो ।