केही स्थानमा मेघगर्ज र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

केही स्थानमा मेघगर्ज र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौँ :  जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा न्युन चापीय रेखासँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, लुम्बिनी तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ ।

शुक्रबार गण्डकी, बाग्मती तथा प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको आँकलन गरिएको महाशाखाले जनाएको छ ।