इच्छाकामनामा माओावादीको निर्णय : कांग्रेसलाई अध्यक्ष र उपाध्यक्ष दुबै छोड्न सकिदैन

कुरिनटार , बैशाख । नेकपा माओवादी केन्द्र इच्छाकामनाले जिल्लामा सत्ता गठबन्धनले गरेको निर्णय प्रति आपत्ती जनाएका छन् । आज बसेको कमिटिको वैठकले जिल्लामा सत्ता गठबन्धनले गरेको निर्णय चित्त नवुझेको भन्दै आपत्ति जनाएको हो । इच्छाकामनाको भागवण्डा अवैज्ञानिक, बस्तुगत नभएकोले निर्णयप्रति आपत्ति प्रकट गरेको छ ।
निर्णयप्रति पुन विचार गर्न अनुरोध गर्ने र अन्यथा यस निर्णयबाट पर्न जाने असरको जिम्मेवारी जिल्ला गठबन्धनले लिनुपर्ने निर्णयमा उल्लेख भएको अध्यक्ष हरि थापाले बताउनुभयो । ७ वटा वडा भएको इच्छाकामनामा अध्यक्ष उपाध्यक्षसहित ४ वटा वडा कांग्रेसले दावी गरेपछि समस्या उत्पन्न भएको हो ।
