इच्छाकामना गाउँपालिका अध्यक्षको लागि दुइपक्षिय भिडन्त तय कस्ले मार्ला बाजि?

इच्छाकामना गाउँपालिका अध्यक्षको लागि दुइपक्षिय भिडन्त तय कस्ले मार्ला बाजि?

कुरिनटार- आगामी ३० गते हुने स्थानिय तहको निर्वाचनमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा दुई पक्षीय भिडन्त लगभग पक्का भएको छ।     सत्तारुढ दलहरुले चुनावी तालमेल गरेको कारण  इच्छाकामना गाउपालिकामा सक्रिय ३ दल मध्य  माओवादीले कांग्रेसलाइ अध्यक्षमा सघाउने भएपछी गाउँपालिका अध्यक्ष पदमा दुई पक्षीय भिडन्त तय भएको हो।                                                                                                                                                          सत्तापक्षिय गठबन्धनको उम्मेद्बारलाई हराउने उद्धेश्यका साथ प्रतिपक्षी नेकपा एमालेले पालिका अध्यक्षमा दानबहादुर गुरुङ लाई उम्मेद्बार सिफारिस गरिसकेको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्व जिल्ला अध्यक्ष समेत रहेका गुरूङ शिक्षण पेशाबाट राजनीमा दिएर राजनीतिमा सक्रिय हुन लागेका हुन्। वभिन्न सामाजिक कार्य बाट परिचीत गुरुङ सिष्ट र नम्र ब्यबहारको कारण पनि सबैले चिनेको उम्मेद्बार हुन। त्यस्तै गठबन्धन अन्तर्गत कांग्रेसको भागमा पालिका अध्यक्ष परेको कारण इच्छाकामना गाउँपालिका को अध्यक्ष उम्मेद्बारको लागि अहिले रस्सा कस्सी भै रहेको छ। धेरै आकांक्षि हरु बिचबाट अहिले नेपाली कांग्रेस बाट मुख्य दाबेदारको रुपमा गत स्थानिय तहको चुनावबाट विजयि पालिका अध्यक्ष र उपाध्यक्ष लाई हेरिएको छ। गाउँपालिका अध्यक्ष  तथा नेपाली कांग्रेस महासमिती सदस्य गिता कुमारी गुरुङ, गाउँपालिका उपाध्यक्ष तथा नेपाली कांग्रेस इच्छाकामनाका सभापती समेत रहेका कृतीकुमार श्रेष्ठ दुबै जनाले शुक्रबार राजिनामा दिई सकेको कारण दुबै अध्यक्ष पदको लागि तयारीमा जुटेको बुझिएको हो। गुरुङ र श्रेष्ठ दुबै निस्कलंकित रहि आफ्नो ५ बर्षे कार्यकाल पूरा गरेको पात्र साथै जनप्रतिनिधि भइ सकेपछि अहोरात्र जनसेवामै बिताएको पात्र भएको कारणपनि कांग्रेस बाट जस्ले टिकट पाएपनी भिडन्त रोचक हुने देखिएको छ।                                                                                                                                                                                   गत स्थानिय चुनावमा मुख्य प्रतिस्पर्धामा रहेका ३ पार्टीमध्य कांग्रेस र एमाले बिच मतान्तर धेरै थिएन तर अहिले परिस्थिति फरक भइ सकेकोले नतिजा के आउछ सजिलै आकलन गर्न भने कठिन छ।  २०७४ को चुनावको नतिजालाइ हेर्ने हो भने कांग्रेस र माओबादिको मत ५ हजार माथी  हुदा एमालेको मत  ३ हजार भन्दा माथी मात्र थियो। अहिले मतदाता थपिएको र परिस्थिति बदलिएको कारण नतिजा दुबै पार्टीले सोचेको भन्दा फरक आउन सक्ने आकलन गरिएको छ।