भरतपुर महानगरपालिका मेयर रेनु दाहालद्वारा पदबाट राजीनामा

चितवन : चितवनको भरतपुर महानगरपालिका मेयर रेनु दाहालले पदबाट राजीनामा दिनुभएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिनुभयो ।
निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेका दाहालले राजीनामा दिनुभएको हो ।
सत्तारुढ गठवन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।
