कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, आज उम्मेदवार टुंगो लगाउने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, आज उम्मेदवार टुंगो लगाउने

काठमाडौँ :  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । समितिको बैठक यसअघि शुक्रबारका लागि बोलाइएको भए पनि शीर्ष नेताहरु दिनभर बैठकमा व्यस्त भएपछि कार्यसम्पादन समितिको बैठक आजका लागि सारिएको थियो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शनिबार बिहान ११ बजे बस्ने तयारी छ ।

महानगर र उपमहानगरका मेयर र उपमेयर टुंग्याउने तयारी गरेको छ । सत्ता गठबन्धनको बैठकले ६ महानगरमध्ये ३ कांग्रेसको प्रमुख रहने टुंगो लगाएको छ भने ११ उपमहानगरमध्ये ७ ओटामा कांग्रेसले नेतृत्व गर्ने छ ।