बाबुकाजी त्रिपाठीले गरे इच्छाकामना ४ को कार्यवाहक वडाध्यक्षको पदभार ग्रहण

बाबुकाजी त्रिपाठीले गरे इच्छाकामना ४ को कार्यवाहक वडाध्यक्षको पदभार ग्रहण

कुरिनटार,११ बैशाख । चितवनको इच्छाकामना गाउँपालिका ४ का वडा सदस्य बाबुकाजी त्रिपाठीले कार्यावाहक वडाध्यक्षको पदभार ग्रहण गरेका छन् । आइतबार स्वर्गिय वडाध्यक्ष होम बहादुर रानामगरको तस्वीरमा माल्यार्पण गर्दै पदभार ग्रहण गर्नुभएको हो । वडा नम्बर ४ का कार्यवाहक वडाध्यक्ष मुक्तिनाथ सिलवालले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि पुन वडाध्यक्षमा उम्मेद्वारी दिने गरि पदबाट राजिनामा दिएपछि त्रिपाठीले कार्यवाहक वडाध्यक्षको कार्यभार सम्हालेका  हुन् । वडा नम्बर ४ का त्रिपाठी बाहेक सबै जनप्रतिनिधिले राजिनामा दिएका छन् ।