इच्छाकामना गाउँपालिकाका कार्यावाहक अध्यक्ष गोवर्धन अधिकारीद्वारा पदभार ग्रहण

इच्छाकामना गाउँपालिकाका कार्यावाहक अध्यक्ष गोवर्धन अधिकारीद्वारा पदभार ग्रहण

कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकाका कार्यावाहक अध्यक्ष गोवर्धन अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठले राजिनामा दिएपछि अधिकारीले सोमबारदेखि कार्यभार सम्हाल्नुभएको हो ।

प्रमुख प्रशासकिय अधिकृत सालिकराम बस्याल लगायत कर्मचारीहरुले गाउँपालिका कार्यालयमा कार्यावाहक अध्यक्ष अधिकारीलाई खदा र टिका लगाएर स्वागत गरेका थिए ।
फिस्लिङ निवासी अधिकारी वडा नम्बर ३ का अध्यक्ष समेत हुनुहुन्छ ।