वडाको विकास र समृद्धिका लागि मेरो उम्मेद्वारी : होम बहादुर सिलवाल ‘जीवन’

वडाको विकास र समृद्धिका लागि मेरो उम्मेद्वारी : होम बहादुर सिलवाल ‘जीवन’

कुुरिनटार : सत्ता गठबन्धनबाट चितवनको इच्छाकामना ४ को  वडाध्यक्षको उम्मेद्वार बनेका युवा नेता होम बहादुर सिलवाल ‘जीवन’ले वडाको समृद्धि र विकासका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभएको छ । समग्र वडाको  आर्थिक सामाजिक विकासका लागि उम्मेद्वारी दिएको बताउनुभएको हो ।
सिलवालले सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न युवा परिचालन अपरिहार्य रहेको बताउँदै आफुलाई युवाहरुको पूर्ण साथ रहेको बताउनुभयो ।
वडामा युवाहरुलाई व्यवसायी बनाउदैँ रोजगारको सिर्जना गर्ने  र विकासका कार्यहरुमा पनि युवाहरुलाई स्थान दिने बताउनुभयो ।
आफु वडा नम्बर ४ को विकासका लागि निरन्तर लागिरहेकोले अन्य पार्टीका मतदाताले पनि आफुलाई मत दिने विश्वास गर्नुभयो ।
तरुण दल इच्छाकामनाका अध्यक्ष समेत रहनुभएका सिलवाल युवा मात्र नभई बृद्धबृद्धाहरु माझ समेत लोकप्रिय युवा नेता हुनुहू्ुन्छ ।