इच्छाकामनामा एकिकृत घरदैलो कार्यक्रम सुरु गर्दै अध्यक्षका उम्मेद्वार गुरुङले भन्नुभयो बाँकी काम पुरा गर्न आएँ

इच्छाकामनामा एकिकृत घरदैलो कार्यक्रम सुरु गर्दै अध्यक्षका उम्मेद्वार गुरुङले भन्नुभयो बाँकी काम पुरा गर्न आएँ

इच्छाकामना  : चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि आजदेखि सत्ता गठबन्धनले एकिकृत घरदैलो कार्यक्रम सुरु गरेको छ ।वडा नम्बर ३ फिस्लिङबाट एकिकृत घरदैलो कार्यक्रम सुरु गरेका हुन्।

घरदैलो कार्यक्रम सुरु गर्दै अध्यक्षका उम्मेद्वार गीता कुमारी गुरुङले यहाँको जनताको चाहना अनुसार पुरा गर्न बाँकी  विकासका कामहरु अघि बढाउन पार्टीले आफुलाई पुन टिकट दिएको बताउनुभयो । पाँच बर्षे कार्यकालको आफ्नो कामको मुल्याङ्कन गर्दै पुन टिकट दिएकोमा पार्टी नेतृत्व र यहाँका जनतालाई धन्यावाद दिनुभयो । यहाँका जनताले पुन विजयी गरेर काम गर्ने अवसर प्रदान गर्नेमा आफु ढुक्क भएको बताउनुभयो ।


उपाध्यक्ष उम्मेद्वार प्रताप गुरुङले भइरहेको विकासका कामलाई पूर्णता दिदै इच्छाकामनाको जनताको भावना र चाहना अनुसार आफुहरु अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
वडा नम्बर ३ का अध्यक्षका उम्मेद्वार शरद पोखरेलले वडाको समृद्धि र विकासका लागि आफुलाई भोट दिन आग्रह गर्नुभयो । आफुलाई जनताको सेवक भएर काम गर्ने अवसर मिल्नेमा विश्वस्त रहेको बताउनुभयो ।


आजदेखि सुरु भएको गठबन्धनको चुनावी अभियान अन्तरगत वडा नम्बर १ मा –बैशाख २० गते, वडा नम्बर २ मा १८ र १९ गते, वडा नम्बर ३ मा १५ र २२ गते, वडा नम्बर ४ मा १६ र २४ गते, वडा नम्बर ५ मा २३ गते,वडा नम्बर ६ मा २५ र २६ गते र वडा नम्बर ७ मा १७ र २१ ग्ते गठबन्धनको एकिकृत घरदैलो कार्यक्रम हुने छन् ।
साथै गठबन्धनले २७ गते संयुक्तरुपमा राजमार्ग केन्द्रित शक्ति प्रदर्शन गर्ने निर्णय गरेको छ ।


इच्छाकामनामा कांग्रेस ,माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच चुनावी तालमेल भएको छ । अध्यक्षमा कांग्रेसका गीता कुमारी गुरुङ र उपाध्यक्षमा प्रताप गुरुङको उम्मेद्वारी रहेको छ ।