स्थानिय तह निर्वाचन : उम्मेदवारी फिर्ता लिने समय अपराह्न ५ बजेसम्म, अन्तिम नामावली आजै प्रकाशन हुने

स्थानिय तह निर्वाचन : उम्मेदवारी फिर्ता लिने समय अपराह्न ५ बजेसम्म, अन्तिम नामावली आजै प्रकाशन हुने

काठमाडौं  :  आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारले शुक्रवार उम्मेदवारी फिर्ता लिन सक्ने कार्यतालिका रहेको छ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेलाई अपराह्न ५ बजेसम्मको समय दिएको छ। उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो। दुई दिनमा देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो ।

उम्मेदवारीमाथि परेका दाबी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ प्रारम्भिक नामावली प्रकाशन गरेको थियो। शुक्रवार अपराह्नसम्म उम्मेदवारले नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन हुनेछ।

निर्वाचन कार्यतालिका अनुसार आयोगले वैशाख १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ।