कुरिनघाट नजिकै ट्याक्सी र ट्रक एकापसमा ठोक्किदाँ पाँच घाइते

कुरिनघाट नजिकै  ट्याक्सी र ट्रक एकापसमा ठोक्किदाँ  पाँच घाइते

कुरिनटार : चितवनको इच्छाकामनामा सवारी दुर्घटना हुदाँ पाँच जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ कुरिनघाट नजिकै मुग्लिनबाट काठमाण्डौं तर्फ जादैँ गरेको ना ६ ख–१२१८ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको बा १ ज ११९ नम्बरको ट्याक्सी एकापसमा ठक्कर खाँदा ट्याक्सी चालक सहित ट्याक्सिमा सवार पाँच जाना घाईते भएका हुन् ।

घाइते हुनेहरुमा .ट्याक्सी चालक–जिल्ला मकवानपुर बागमती गा.पा–९ बस्ने बर्ष–३५ को लिलाराम भुलन सोही ठेगाना भएका बर्ष–४५ को कुमार सिह घलान, बर्ष–४६ को नानीमाया तामाङ, दोलखाको गौरीशंकर गा.पा–९ बस्ने बर्ष–५२ को सतमान तामाङ र सोही ठाउँका बर्ष–४२ की समय तामाङ रहेका छन् ।
घाइतेहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुबै सवारी साधन र ट्रक चालक प्रहरी चौकी इच्छाकामना कुरिनटारको नियन्त्रणमा रहेको छ ।