गोरखाको गण्डकीमा माओवादी केन्द्र र जसपाको वडा तह सम्मै तालमेल, जसपालाई उपाध्यक्ष सहित दुई वडा

गोरखाको गण्डकीमा माओवादी केन्द्र र जसपाको  वडा तह सम्मै तालमेल, जसपालाई उपाध्यक्ष सहित दुई वडा

भूम्लिचोक :  गोरखाको गण्डकी गाउँपालिकामा माओवादी केन्द्र र जनता समाजवादी .(जसपा)बिच वडा तह सम्मै तालमेल भएको छ । यस अघि अध्यक्ष र उपाध्यक्षको मात्र तालमेल हुने सहमती भएको माओवादी केन्द्र र जसपाले वडा तह सम्मै तालमेल गर्ने भएको हो ।

माओवादी केन्द्रले अध्यक्ष सहित ६ वटा वडा र जसपाले उपाध्यक्षसहित २ वटा वडा पाउने सहमती भएको जसपा गण्डकी गाउँकमिटीका सचिव इश्वर विक्रम घिमिरेले जानकारी दिनुभयो ।
सचिव घिमिरेका अनुसार जसपाले उपाध्यक्षसहित वडा नम्बर ३ र ५ र बाँकी वडा माओवादी केन्द्रले पाउने छ । वडा सदस्यहरुमा तालमेल गरेका छन् ।