माओबादी केन्द्रबाट शहीद लखनमा फेरी पनि अध्यक्षको टिकट पाएका रमेश थापामगर, को हुन् ?

माओबादी केन्द्रबाट  शहीद लखनमा फेरी पनि अध्यक्षको टिकट पाएका  रमेश थापामगर, को हुन् ?

गोरखा  : नेकपा माओबादी केन्द्र शहीद लखन गाउँपालिकाबाट गाउँपालिका अध्यक्षको उमेद्वार बनेका रमेश थापामगर नेपाली कम्युनिष्ट आन्दोलनका एक धरोधर हुन् । बि.स २०२८ साल साउन ४ गते शहीद लखन गाउँपालिका ६, घैरुङ्ग तिनघरे, (साविकको धैरुङ गा.वि.स) मा जन्मिएका थापामगर सामजिक बिकृति बिसंङगती र बिभेदका बिरुद्धमा आवाज उठाउने क्रान्तिकारी स्वाभावका थिए । नेपाली बिषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका थापामगरले बि.स २०४५ सरस्वती क्याम्पस इकाई सदस्य (अ.ने.रा.स्व.वि.यू– छैठौँ) हुदै नेपाली कम्युनिष्ट राजनीतिमा आफूलाई उभ्याएका थिए ।

बि.स २०४७ सालमा तत्कालिन ने.क.पा. मशाल पार्टी सदस्य बनेका उनले बि.स २०५० मा अ.ने.रा.स्व.वि.यू. क्रान्तिकारी (गोरखा क्याम्पस गोरखा ) को स्व.वि.यू. उपसभापतिको जिम्मेवारी समेत सम्हालेका थिए । तत्कालिन नेकपा माओबादीले जनयुद्धको शंखघोष गरेसंगै बि.स २०५२ ने.क.पा. माओवादी एरिया कमिटि सदस्यको जिम्मेवारी पाएका अध्यक्ष थापामगर बि.स २०५४ ने.क.पा. माओवादी एरिया कमिटि सचिव, बि.स २०५५ मगराँत राष्ट्रिय मूक्तिमोर्चा केन्द्रिय संस्थापक सदस्य र बि.स २०५४–२०५८ पार्टीको पूर्णकालिन सदस्य भएर कम्युनिष्ट आन्दोलनमा होमिएका थिए ।

अध्यक्ष थापामगर बि.स २०५६ ने.क.पा. माओवादी विशेष जिल्ला कमिटि सदस्य (कास्की) बि.स २०६३ ने.क.पा. गोरखा–काठमाडांै सम्पर्क मञ्चको सचिव, बि.स २०६५ अखिल नेपाल शिक्षक संगठन गोरखा (कोषाध्यक्ष बि.स २०६७ एकीकृत अखिल नेपालशिक्षक संगठन, गोरखा (सचिव), बि.स २०७४ ने.क.पा. माओवादी केन्द्र महाधिवेसन आयोजक समिति सदस्य, बि.स २०७५ नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) गोरखा जिल्ला सदस्य,बि.स २०७४ मा नेकपा माओबादी केन्द्र शहीद लखन गाउँपालिकाका अध्यक्ष हुदै हालसमेत ने.क.पा. (माओवादी केन्द्र)शहिद लखन गाउँपालिकाको अध्यक्ष जिम्मेवारी सम्हाली रहेका छन् । पार्टीको जुनसंगै संगठनको नेतृत्वमा रहदा समेत इमान्दारिताका साथ पार्टीको जिम्मेवारी पूरा गर्ने इमान्दार राजनीतिक छवी भएका नेता थापामगर पार्टी भित्र र बाहिर समेत उत्तिकै लोकप्रिय छन् ।

बि.स २०७४ स्थानीय तहको निर्वाचनमा शहीद लखन गाउँपालिका अध्यक्षमा माओबादी केन्द्रबाट बिजयी भएपछि शहीद लखन गाउँपालिकाको बिकास र सम्बृद्धीमा अतुलनिय भूमिका निर्वाह गर्न सफल भएसंगै थापा मगर गाउँपालिकाबासीको मनमुटुमा बस्न सफल भएका छन् ।

देशभरका स्थानीय तहमध्ये थापामगरले नेतृत्व गरेको शहीद लखन गाउँपालिका बेरुजु फछ«यौटमा चौथो र गण्डकी प्रदेशमा नै पहिलो गाउँपालिका बन्नुले पनि थापा मगरको स्वच्छ छवी र पारदर्शिता जनता सामु छर्लङ भएको छ ।

पालिका भित्रका सवै राजनीतिक दललाई मिलाएर अघि बढ्न सक्ने क्षमता समेत अध्यक्ष थापामगर रहेकाले पनि गाउँपालिका अध्यक्षको ५ बर्षको कार्यकाय बिबाद रहित बन्यो । बिकास निर्माणमा राजनीति गर्नुहुदैन । राजनीति बिकासका बिकासका लागी गर्नुपर्छ भन्ने मान्यता राख्ने अध्यक्ष थापामगर सरल, शालिन र स्वच्छ छवी भएको व्यक्तित्वका रुपमा चिन्निछन् ।

बि.स २०५५ साल पुस ११ गते छोप्राकको चित्रेपोखरीबाट पार्टी निकट बिधार्थी संगठन अखिल क्रान्तिकारीमा कार्यरत वहिनी गीता थापामगरलाई राज्यपक्षले पक्राउ गरेर बेपत्ता बनाएपछि परिवार र आफुलाई सम्हाल्दै उनि अबिचलित रुपमा पार्टीमा क्रियाशिल हुदै काम गरिरहे । जनयुद्धले देखाएको बाटो हुदै शहीद बेपत्ता तथा घाइते योद्धाहरुले देखाएको सपना पुरा गर्न जस्तो सुकै त्याग तपस्या र बालिदानको बाटो रोज्न पछि नपर्ने थापामगरलाई माओबादी केन्द्रले यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा दोस्रो कार्यकालका लागी गाउँपालिका अध्यक्षमा उमेद्वार बनाएको हो ।

सामाजिक क्षेत्रमा उत्तिकै संक्रियता : राजनीतिक क्षेत्रमा सफल नेताका रुपमा चिनिएका थापामगर सामाजिक क्षेत्रमा पनि उत्तिकै संक्रिय छन् । बि.स २०५० नेपाल मगर नेपाल मगर विद्यार्थी संघ गोरखा क्याम्पस सचिवको जिम्मेवारी सम्हाल्नु भएका उनि २०६२ नेपाल मगर संघ काठमाडौं जिल्ला सचिव, बि.स २०६४ नेपाल मगर संघ गोरखा जिल्ला सचिव पदमा रहेर समेत काम गर्नुभएको छ ।

शिक्षामा क्षेत्रमा क्रियाशिलता : राजनीतिक सामाजिक क्षेत्रसंगै शैक्षिक क्षेत्रमा पनि नेता थापामगरको योगदान उत्तिकै छ । बि.स २०४८– श्री जलदेवी नि.मा.वि.(हाल मा.वि) मा अध्यायपन गराएका उनले बि.स २०४९– श्री दुर्गा प्रा.वि. अधेरी,, बि.स २०५२÷५३ – श्री नवज्योती बोडिङ्ग स्कूल, बि.स २०५९– श्री माउण्ट बोडिङ्ग स्कूल बालकोट भक्तपुर, बि.स २०६०–०६३ – श्री पृथ्वी बोडिङ्ग स्कूल काठमाण्डौ, बि.स २०६४ श्री सरस्वती मा.वि. बोर्लाङ्ग, बि.स २०६५– श्री शहिद स्मृति मा.वि. बुंकोट, २०६६–२०७१ सम्म श्री शक्ति मा.वि. गोरखा र २०७२–७३– श्री महालक्ष्मी मा.वि. लक्ष्मीबजार हुदै २०७४– श्री शहिद स्मृति मा.वि. बुंकोटमा समेत अध्यापन गराएका थिए ।