गोरखामा जन्ती बोकेको जिप दुर्घटनामा, ३ जनाको मृत्यु

गोरखामा जन्ती बोकेको जिप दुर्घटनामा, ३ जनाको मृत्यु

गोरखा  : गोरखामा जन्ती बोकेको स्र्कापियो जिप दुर्घटनामा परी आज साँझ ३ जनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ९एसपी० केदार खनालले जानकारी दिनुभयो ।

बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप आरुबोटेको फिरफिरे भीरबाट झण्डै २ सय मिटर तल खसेको उहाँको भनाई छ । दुर्घटनामा परि मृत्यु भएकाहरुको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय गोरखाबाट डिएसपी लिलाराज लामिछाने नेतृत्व प्रहरीको प्रहरी टोली घटनास्थल पुगिसकेको उहाँले बताउनुभयो । पार्किङ गरेर राखेको अवस्थामा गाडी गुडेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । घटनाको थप बिबरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।