कार्यकर्ताहरुद्वारा रत्ननगरमा कांग्रेसको पार्टी वडा कार्यालय तोडफोड

कार्यकर्ताहरुद्वारा रत्ननगरमा कांग्रेसको  पार्टी  वडा कार्यालय तोडफोड

चितवन – :  वडाध्यक्षको टिकट नपाएको भन्दै कांग्रेस चितवनको रत्ननगरमा कार्यकर्ताले पार्टी वडा कार्यालयमा तोडफोड गरेका छन् ।

कांग्रेस नगर सचिवसमेत रहेकी वडा नम्बर १२ की उम्मेदवार अनिता अर्यालको टिकट माओवादी केन्द्रलाई दिईएपछि कांग्रेस कार्यकर्ताहरुले पार्टीको वडा कार्यालय तोडफोड गरेर तालाबन्दी गरेका हुन् ।

कांग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालय तोडफोड गरी कार्यालयमा रहेका कुर्सी(टेबल तथा पार्टीको झण्डा सडकमा फ्याँकेका छन्। कांग्रेसले नगर सचिवसमेत रहेकी अर्याल वडाध्यक्षको उम्मेदवार बनेर चुनाव प्रचारप्रसारको अन्तिम चरणमा पुगेका बेलामा उनको टिकट खोसिएको थियो ।

अर्यालको ठाँउमा सत्ता गठबन्धनले माओवादी केन्द्रका सुन्दरमणि सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसका कार्यकर्ताहरु आक्रोशित बनेका हुन् ।