इच्छाकामना गाउँपालिकाको उपाध्यक्षमा प्रताप गुरुङको उम्मेद्वारी किन ?

इच्छाकामना : चितवनको इच्छाकामना ३ फिस्लिङका स्थायी वासिन्दा माओवादी केन्द्रका युवा नेता प्रताप गुरुङ मौसमले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चितवनको इच्छाकामना गाउँपालिकामा पाँच दलिय गठबन्धनबाट उपाध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी गुरुङले गठबन्धनका कारण कांग्रेसलाई अध्यक्ष परेपछि यस पटक भने उपाध्यक्षमा उम्मेद्वारी दिनुभएको हो ।
अध्यक्षको उम्मेद्वार बनीसकेको तपाई अहिले उपाध्यक्षमा किन भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “मुलत अहिले हामी गबन्धनबाट निर्वाचनमा जादैँ छौँ,यदी एकल प्रतिष्पर्धामा जादैँ थियो भने पनि निश्चय पनि पार्टीको पहिलो नेतृत्व नै लिने हुन्थ्यो , तर अहिले गठबन्धनसहित हामी निर्वाचनमा जादैँ छौँ, व्यक्तिगत इच्छा चाहनाले होइन, यहाँ हाम्रो पार्टीको भागमा उपाध्यक्ष परेको छ , गठबन्धन हुदैँ गर्दा मुल नेतृत्व सत्तामा जादाँ अली बढी हस्तक्षेप बढ्ने, जनताको पक्षमा निर्णयहरु गराउन सकिने भएकाले आम कार्यकर्ता र शुभचिन्तकहरुको माग बमोजिम मैले उपाध्यक्षको उम्मेद्वारी दिएको हुँ ।”
को हुन प्रताप गुरुङ ‘मौसम’ ?
विद्यार्थीकालबाटै राजनितिमा होमिनुभएका गुरुङले तत्कालिननेकपा माओावदीले सञ्चालन गरेको १० बर्षे जनयुद्धमा विभिन्न मोर्चामा रहेर काम गर्नुभएको छ ।
२०५३ सालमा अखिल क्रान्तिकारी इकाईमा आवद्ध भई राजनिति यात्रा सुरु गर्नुभएका गुरुङ २०५५ साल मंसिरदेखि २०५८ साल चैत १४ गते तत्कालिन शाही नेपाली सेनाबाट गिरफ्तारी भई २०६० साल असारमा सर्वोच्च अदालतको आदेशबाट रिहाई हुनुभएको थियो ।
२०६० सालबाट चितवन जिल्ला सदस्य,२०६५ सालमा वाइसिएल केन्द्रिय सदस्य÷ उपत्यका मजदुर वाइसिएलको संयोजक हुदैँ तत्कालिन नेवा राज्य समिति वाइसिएलको कोषाध्यक्ष÷पार्टीको राज्य कमिटी सदस्य,÷हाल चितवन सचिवालय सदस्य हुदैँ बागमती प्रदेश कमिटी सदस्य इच्छाकामना गाउँपालिका इन्चार्ज हुनुहुन्छ ।
विकास निर्माणका साथसाथै शुसानयुक्त र भष्ट्रचार मुक्त गाउँ पालिका बनाउने उहाँको लक्ष्य छ । यूवाहरुलाई व्यवसाय र रचनात्मक कार्यमा लाग्न अग्रसर गराउने योजना रहेको बताउनुभयो ।
साथै निशुल्क शिक्षा,सरल र सहज तरिकाबाट स्वास्थ्य सेवा, ७० बर्षमाथिका बृद्धबृद्धाहरुलाई घरमै स्वास्थ्य जाँच सेवा, सञ्चालनका लागि अनुमती लिई काम नभएका इच्छाकामनामा रहेका चुन ढुंगाखानीहरु जतीसक्दो चाँडो सञ्चालनका लागि सहज वातावरण सिर्जना गर्ने, युवाहरुलाई खेलकुदमा आकर्षित गरि व्यवसायिक खेलाडी उत्पादन गर्न खेलकुद क्षेत्रमा लगानी बढाउने विषयगत खेलहरुको प्रशिक्षकको नियुक्त गर्ने, कृषकहरुलाई अनुदानका साथै मल विउविजन समयमै सहजतरिकाबाट उपलब्ध गराउने, इच्छाकामनाका उद्योगहरुमा भएको ठेकदारी मजदुर प्रथाको अन्त्य गर्ने ,चेपाङ समुदायको जीवन स्तर उकास्नका लागि विशेष कार्यक्रम सञ्चालन गरिने, यहाँ रहेका सबै समुदायको भाषा संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने, पर्यटन विकासका लागि अभियानसहित व्यवसायीहरुलाई लगानीका लागि आकर्षित गर्ने, सुकुमबासी र अव्यवस्थितहरुको समस्या सामाधान गर्ने लगायतको आफ्नो चुनावी प्रतिवद्धता रहेको बताउनुभयो ।
गठबन्धन सहित कांग्रेसको नेतृत्वमा चुनावी मैदानमा आएकाले गठबन्धन दलहरुबिच समृद्ध इच्छाकामना बनाउने साँझा घोषणापत्र बन्ने बताउनुभयो ।
देश र समाज परिवर्तनका लागि ज्यान बाजी राखेर जनयुद्धमा होमिएको स्मरण गर्दै आफुसंग व्यक्तिगत स्वार्थ नभएको बताउनुभयो ।
यस अघि चुनावमा पराजित हुदाँ पनि निरन्तर जनताको सेवामा समर्पित हुदैँ आएको र निर्वाचन जितेपछि जनताको सेवा गर्न अझ सहज हुने विश्वास गर्नुभयो ।
गणतन्त्र, लोकतन्त्र, धर्म निरपक्षता, संघियता समावेशिता, संविधानको रक्षा गर्न र देश विकासका लागि गठबन्धन बनेको बताउँदै केन्द्र जिल्ला र पालिकाको निर्देशन बमोजिम गठबन्धलाई मतदान गर्न आग्रह गर्नुभयो ।
पाँच बर्षमा गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिहरुले इच्छाकामनाको मुहार फेर्ने उहाँको दाबी छ।
