बाबुराम भट्टराइ को झल्को , भरतपुरमा नयाँ जोस जसपाको

चितवन : स्थानीय तह निर्वाचन अन्तर्गत भरतपु्र महानगरपालिका वडा नम्बर ७ को वडा सदस्यमा लेखनाथ भुषालले आफ्नो उम्मेद्धवारी दिएका छन । अधिवक्ता समेत रहेका लेखनाथ भुषालले जनता समाजबादि पार्टि (जसपा) बाट वडा सदस्य पदको लागि उम्मेद्धवारी दिएका हुन् ।
भुषाल व्यवसायीक कृषक पनि हुन । उनकै नेतृत्वमा युवा आधुनिक सामुहिक खेती संचालनमा छ । बिगत ४ बर्ष देखि भरतपुर २५ मा १०० बिग्गा जमिनमा सामुहिक तरकारि खेति हुदैँ आएको छ । भुषाल छोटो समयमा धेरै अघ्यन र अनुभव सङालेका बिद्वान युवा देख्दा बाबुराम भट्टराइ को झल्को आएको र यिनलाइ अबसर दिनुपर्छ स्थानियले भनेका छन्। आफ्नो वडा आफै बनाउ, आज नगरे कहिले गर्ने अनि युवाले नगरे कस्ले गर्ने भन्ने हुटहुटिका कारण आफुले वडा सदस्यको उम्मेद्धवारी दिएको भुषालले बताए । भुषाल संग काठमाडौँका कलेज तथा स्कुलमा पढाएको अनुभव पनि छ । उनले त्रिभुवन बिश्वविधालय अन्तर्गतको काठमाण्डौंको गोल्डेन गेट इन्टरनेशनल कलेज बाट भौतिक शास्त्रमा स्नातकोत्तर तह र नेपाल ल कलेज बाट कानुनमा स्नातक तह पास गरेका छन् । उनि भरतपुरको वडा स्तरको भष्ट्रचार निवारण समितिका अध्यक्ष समेत हुन ।
अध्ययन संगै, कृषी उत्पादनमा जोडिएका व्यक्ति वडा सदस्यमा आउँदा वडावासीहरुले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् । कृषिको दिगो बिकास र समग्र वडालाई कृषिमा आत्मनिर्भर गर्न आफ्नो जित आवश्यक रहेको उनी बताउछन् ।
