पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन : नारायणगढ – मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज साँझ ७ः३० बजे इच्छाकामना गाँउपालिका ६ स्थित टोपेखोलमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।
मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दुरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात संचालन हुने सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक धर्म अधिकारीका अनुसार ठूलो पहिरो खसेका कारण आज पहिरो हटाउन असम्भव जस्तै छ । पहिरो हटाउन सुरु भएको प्रहरीले जनाएको छ ।
