वडाअध्यक्ष उम्मेद्बार शरद पोखरेलको आफुले जिते वडाबासिको आफ्नै पारिश्रमिकबाट स्वास्थ बिमा गराउने उद्देश्य ।

कुरिनटार- स्थानियतहको निर्वाचनको मिति नजिकिदै गर्दा अहिले चुनावी प्रचार प्रसार र प्रतिबद्धता हरु घोषणा हुनेक्रम जारी रहदा इच्छाकामना गाउँपालिका वडा ३ का अध्यक्ष उम्मेद्बार शरद पोखरेलले आफुले जिते वडाबासीलाई कुनैपनी बिरामी भएर उपचार गराउन गार्हो नपर्ने गरि सबैको निशुल्क स्वास्थ बिमा गराउने घोषणा गर्नु भएको हो। नेपाली कांग्रेस, नेकपा माओबादी र एकीकृत समाजबादी सम्मीलित लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्बार पोखरेलले आफुले जिते मतदान गर्नेले पछुताउन नपर्ने गरि सेवा प्रवाह गराउने साथै पहिलो चरणमै सबै वडाबासिको निशुल्क स्वास्थ बिमा गराउने घोषणा गर्नु भएको हो। उहाले भन्नू भो।” म अध्यक्षमा निर्वाचित भए म मेरो पारिश्रमिक र नपुगेको पैसा नियम अनुसार वडाबाटनै हालेर भएपनी सबै वडाबासिको स्वास्थबिमा गराउने छु।” साथै उहाले आफू सिभिल इन्जिनियर र समाज सास्त्रमा मास्टर गर्दै गरेको विद्यार्थी भएको नाताले पनि आफुसङ वडाको भौतिक तथा सामाजीक र समग्र बिकासको खाका रहेकोले एकफेर आफुलाइ जिताउन सम्पुर्ण वडा बासीलाई अनुरोध गर्नु भएको छ।
