महिलाले राम्रो काम गर्न सक्दैनन भन्नेलाइ उत्तर बनेकी गिता कुमारी

महिलाले राम्रो काम गर्न सक्दैनन भन्नेलाइ उत्तर बनेकी गिता कुमारी

कुरिनटार-  देश संघीयसंरचनामा गएपछी २०७४ बैशाखमा स्थानियतहको पहिलो निर्वाचन हुदै गर्दा चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाका अधिकांश  स्थानिय यो सासकिय संरचना सङनै अनभिज्ञ थिए। धेरैले बुझेका थिए पुनानो गाविस हुदा खेरीको जस्तै प्रणाली हो। त्यसैमा विभिन्न पार्टी हरुले गाउँपालिका अध्यक्षको उम्मेद्बार घोषणा गर्दै गर्दा नेपाली कांग्रेसले आफ्नो उम्मेद्बार भने महिला बनायो। सबैले चासो व्यक्त गरे “महिला पो ??? यिनले जित्दिनन जिते पनि काम गर्न सक्दिनन।” तर यतार्थ भै दियो ठ्याकै उल्टो।

एकल महिला समेत रहेकी २०७४ सालको स्थानिय निर्वाचनमा निर्वाचित  गिताकुमारी गुरुङले महिला भएकै कारण चुनाव नजित्ने र जितेपनी राम्रो काम गर्न नसक्ने आकलन गरेका हरुको आकलन  ५ बर्षको कार्यकालमा गलत सिद्ध पार्दिएकी छिन। देश भर स्थानिय तहमा प्रमुख पदमा निर्वाचित हुने महिला मध्य  सफलताको हिसावले गिताकुमारी गुरुङको नाम अग्रपंक्तिमा नै आउँछ।

बिकट इच्छाकामनाको गाउँ गाउँमा प्रारम्भिक बिकासको मुल फुटाउन सफल गिताकुमारी गुरुङको ५ बर्षको कार्यकालमा निकटका सडकको अबस्थामा आमूल परिवर्तन आएको छ भने बिकट बिकटमा समेत सडक ट्र्याकले जोडिएको छ। खानेपानीको हाहाकार रहेका बिभिन्न गाउँ  र टोल टोलमा एक घर एक धाराको अबधारणामा पानीको समस्या समाधान गरिएको छ।  प्रत्यक वडामा स्वास्थ यिकाइ संचालन गरि जनताको प्राथमिक उपचारलाई सहज बनाउनुको साथै कुरिनटारको दारेचोक स्वास्थ चौकीलाई डाक्टर सहितको सेवा प्रदान गर्न सक्नी ल्याब समेतको स्थापना गरिएको छ। सरकारि विद्यालयको शिक्षकको ब्यबस्थापनले शिक्षामा थप सुधार आएको छ। कोरोना माहामारी बिच पनि भिजिट इच्छाकामना, एक बोट १० को नोट जस्तो विभिन्न जनमुखि कामबाट जनताको मनमा बस्न सफल नाम बनेकी गिताकुमारी गुरुङको पाँचबर्षको कार्यकालमा बिशेष गरि भएको बिकासको कामहरु मध्य बुदागत रुपमा निम्नाउसार रहेका छ्न।

गीता कुमारी गुरुङको पाँच वर्षको कार्यकालमा भएका सम्झनयोग्य कामहरु:-
. कृषिमा अनुदान
.गरिबहरुको नि:शुल्क स्वास्थ्य बिमाको प्रारम्भ
.बालिका बचत खाता कार्यक्रम सन्चालन
.कोरोना महामारीमा पैदलयात्रीको उद्दार,जनताका घर-घरमा राहत कार्यक्रम,कोरोना अस्पतालको निर्माण र रोजगारीको सिलसिलामा भारत तथा देशकै विभिन्न जिल्लामा लकडाउनको कारण घर आउन नपाएका जनताको उद्दार
. निर्वाचित भएर आएको पहिलो वर्षमा नै निजिस्रोतका शिक्षक र शिशु सहयोगी कार्यकर्ताको पारिश्रमिकमा सम्बोधन
. हरेक वडामा सडक संजाल बिस्तार
. एक घर एक धाराको अवधारणा
. पानीको मुहानभन्दा माथि रहेका मानवबस्तीहरुमा लिफ्टिङ खानेपानीको व्यवस्था
पर्यटकिय बिकासको लागि धार्मिक, सांस्कृतिक,सामाजिक र प्राकृतिक स्रोत साधनहरुको उच्चतम प्रयोग संरक्षणमा विशेष जोड १०.”जनताको पहुँचमा स्वास्थ्य सेवा” भन्ने नारालाइ सार्थक तुल्याउन हरेक वडामा स्वास्थ्य इकाइको व्यवस्था
११.  ४५ वर्ष नाघेका अविवाहित नारी र ६० वर्ष नाघेका एकल पुरुषको                लागि मासिक भत्ताकी व्यवस्था
१२.हरेक वडामा विद्युत विस्तारको लागि बजेट विनियोजन
१३.बेरोजगार युवाहरुको लागि प्राविधिक तालिमको व्यवस्था
१४– उज्यालो राजमार्गको लागि सडक सोलार बत्तीको व्यवस्था १५.भ्रष्टाचार न्यूनीकरण   

बिभिन्न उदाहरणियकाम बाट परिचित बनेको भुतपुर्व गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङ यहि ३० गते हुने स्थानिय तहको निर्वाचनमा पनि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दै छिन। गठबन्धनको साझा उम्मेद्बार गिताकुमारी गुरुङले आफुले जानी नजानी कसैको मन दुखाउने काम नगरेकोले गाउँपालिकामा भएको बिकासको सुरुवातले जनता आफुसङ खुसी रहेको कारण आफुले सहज जित हासिल गर्ने बताउने गरेकी छिन।